गृह

ग्रामिण क्षेत्रमा बसोबास गर्ने कृषि वा अन्य स-साना घरेलुस्तरका सेवा व्यवसायमा आश्रित रहि अत्यन्तै न्यून आर्थिक आधारमा जीवनयापन गरिरहेका कृषकहरुबिच सामुहिक भावनाको विकास गरी उनीहरुकै इच्छा र आवश्यकता अनुसारका कार्यक्रमहरुको तर्जुमा र कार्यान्वयनमा उनीहरुको आर्थिक तथा सामाजिक सामुदायिक अवस्थाको विकास गराउन राजनैतिक पुर्वाग्रह रहित स्वशासित स्वावलम्वन र आत्मनिर्भर बन्ने भावनाबाट प्रेरित भई स्थापना भएको साना किसान कृषि सहकारी सस्था लि.माकर हाे |

SFACL MAKAR

Messages

यसले आदर्श समाज निर्माणमा सहकारी मूख्य आधार हो भन्ने कुरा बुभन सकिन्छ । अबको संसारमा एक्लै रहेर केहि गर्न सकिदैन तर स्थानीय साधन श्रोत, सीप र क्षमताको ब्यापक प्रयोग गर्दै सबै मिलेर काम गर्‍यौ भने अन्तराष्ट्रिय सहकारी सिद्धान्त भित्र रही सहकारीले गर्न नहुने काम बाहेक सबै कुरा सम्भव छ । त्यसैले समुदायमा छित्रिएर रहेको पूजीलाई एकतृत गर्दै देशको उत्पादनशील क्षेत्रमा लगानी बढाएर देशको उत्पादन बर्ढाई आयातलाई प्रतिस्थापन गर्दै देशलाई आत्म निर्भर बनाउन सहकारीको मूख्य भुमिका हुन सक्छ । समाजको सबै जात धर्म लिंग संस्कृति राजनितिक आस्था भएका मानवबीच कुनै पनि भेदभाव नगरिकन मिलिजुली काम गर्ने क्षेत्र नै सहकारी हो । यसै अभ्रि्रायलाई आत्मसात गरी खोलिएको जनउत्थान सहकारीमा यहाहरु सबै शेयर सदस्य बनि यस संस्थाको मालिक बन्नु भएको छ । हामीलाई सहकारी अभियानमा साथ दिनु भएको छ । यहाहरुले हामी संचालक प्रति गरेको विश्वासले हामीलाई अझ जिम्मेबारी थपेको छ । यो जिम्मेबारी पुरा गर्न हामी सधै तत्पर छौं । -चन्द्र बहादुर बुढा
हाम्रा शेयर सदस्यहरुले गरेको सहयोग सह्रानिय र अतुलनीय छ । यहाहरुको विश्वास र आत्मियताप्रति हामी कर्मचारी परिवार आभारी छौं । हामी संचालक समितिले बनाइ दिएको नीतिहरु भित्र रही यहाहरुलाई गुणस्तरीय र प्रभावकारी सेवा प्रदान गर्न र यहाहरुले देखेको सपना पूरा गर्न सधै प्रतिवद्ध र तत्पर छौं । यहाहरुको सल्लाह सुझाव हाम्रा लागि सधै मार्गदर्शन रहनेछ । यहाहरु यस संस्थाको मालिक हो मालिकको सेवा गर्नु नै हामी सबै कर्मचारीको धर्म हो । यहाहरुको बचत र लगानीको सुरक्षा गर्न हामी सधै पहरेदारको रुपमा खटिरहने र आगामी दिनमा अझ नया नया आद्युनिक सेवा सुविधा प्रदान गर्दै यहाहरुको कुनै पनि वित्तीय समस्यामा जनउत्थानको उपस्थिति गराउने साथै यहाहरुको चाहाना र आवश्यकता अनुसारको सपनाहरु पुरा गर्नको लागि आवश्यक कुनै पनि वित्तीय सेवाहरु जति सक्दो छिटो छरितो र सजिलोसँग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्दछौं । हामी यहाहरुमा जात धर्म र वर्गको आधारमा कुनै पनि पक्षपात पर्ूण्ा व्यवहार देखाउनेछैनौं । सबै सदस्यको गुणस्तरीय जीवन बनाउनु हाम्रो अभियान हो । -लोकनाथ भण्डारी

Our Services

sana kisan makar

बचत

यस सहकारी संस्थाले विभिन्न किसिमका बचत सर्वशुलभ व्याज दरमा उपलब्ध गराउँछ, समुह बचत, कर्जा सुरक्षण कोष, बाल बचत, खुत्रुके बचत, कर्मचारी संचयकोष, अन्तर समुह बचत, विशेष वचत निकै सरल तरिकाबाट उपलब्ध गराउछ ।

ऋण

यस सहकारी संस्थाले संस्थाले संस्थाका सदस्यहरुलाई न्यूनतम ब्याजदरमा विभिन्न किसिमका ऋणहरु प्रदान गर्दछ ।संस्थाले मासुजन्य जस्तै पाडा पाडी,गाइ,भैँसी,बंगुर,बाख्रा , समुह बचत ब्यापार,ब्यवसाय जस्ता विधामा ऋण उपलब्ध गराउँछ ।

पशु विमा

यस साना किसान कृषि सहकारी संस्था लि.माकर ले मिति २०५६ साल देखी नै पशुविमा कार्यक्रमलाई अगाडी बढाउँदै आएको छ । यस कार्यक्रम अन्तर्गत संस्थाका शेयर सदस्यले आफना पशुहरुको सुरक्षाकालागि निम्ती विमा गर्ने गर्दछन् ।यस कार्यक्रमबाट झन्डै १,००० घरपरिवार लाभांवित भएका छन् ।

सदस्य सुरक्षा योजना

सदस्य सुरक्षा योजना भन्नाले यस साना किसान कृषि सहकारी संस्था लि.माकरका शेयर सदस्यलाई संस्थाबाट केही राहत दिने उद्देश्यले शेयर सदस्यको मृत्यु भएमा उक्त परिवारलाई दिइने क्षतिपुर्ती हो । यस अन्तर्गत सदस्यहरुलाई विभिन्न उमेर समुहमा बिभाजन गरी एक पटक विमा रकम स्वरुप प्रत्येक सदस्य बाट रु.३००० संस्थामा जम्मा गर्नुपर्ने हुन्छ ।

SFACL Makar Members

2025

Total

1528

Male

497

Female

LETS CHAT

We would love to hear from you and see how we can help

Call us on

+977-078580279

Come find us at

Bardaghat -4 Nawalparasi Prov. no :5 Lumbini, Nepal

Email us at

sfaclmakar@gmail.com

Our Location