यस सहकारीले उपलब्ध गराउने सेवा-सुविधा
♦ बचत

यस सहकारी संस्थाले विभिन्न किसिमका बचत सर्वशुलभ व्याज दरमा उपलब्ध गराउँछ, समुह बचत, कर्जा सुरक्षण कोष, बाल बचत, खुत्रुके बचत, कर्मचारी संचयकोष, अन्तर समुह बचत, विशेष वचत निकै सरल तरिकाबाट उपलब्ध गराउछ ।
| बचत किसिम | प्रतिशत | बचत अवधि | |
|---|---|---|---|
| समुह बचत | १० | हरेक समुह ले मासीक रुपमा जम्मा गर्ने | |
| समुह बचत | १० | हरेक समुह ले मासीक रुपमा जम्मा गर्ने | |
| कर्जा सुरक्षण कोष | १० | स्वईच्छा | |
| बाल बचत | १० | १५ बर्ष सम्म जम्मा गर्नुपर्ने | |
| खुत्रुके बचत | १० | स्वईच्छा | |
| कर्मचारी संचयकोष | १० | कर्मचारी को संचयकोष बचत | |
| अन्तर समुह बचत | १० | हरेक अन्तर समुह को बचत | |
| बिषेष बचत | ११ | कम्ती मा १ बर्ष बचत गर्नुपर्ने |
♦ ऋण

यस सहकारी संस्थाले संस्थाले संस्थाका सदस्यहरुलाई न्यूनतम ब्याजदरमा विभिन्न किसिमका ऋणहरु प्रदान गर्दछ ।संस्थाले मासुजन्य जस्तै पाडा पाडी,गाइ,भैँसी,बंगुर,बाख्रा , समुह बचत ब्यापार,ब्यवसाय जस्ता विधामा ऋण उपलब्ध गराउँछ ।
| ऋण | ब्याजदर(प्रतिशत) | किस्ता सख्या | अवधी |
|---|---|---|---|
| मासुजन्य | ९ | ३६ | ३६ महिना |
| समुह बचत | १४ | २ | १२ महिना |
| ब्यापार,ब्यवसाय | १५ | ६ | ३६ महिना |
♦ पशु विमा
यस साना किसान कृषि सहकारी संस्था लि.माकर ले मिति २०५६ साल देखी नै पशुविमा कार्यक्रमलाई अगाडी बढाउँदै आएको छ । यस कार्यक्रम अन्तर्गत संस्थाका शेयर सदस्यले आफना पशुहरुको सुरक्षाकालागि निम्ती विमा गर्ने गर्दछन् ।यस कार्यक्रमबाट झन्डै १,००० घरपरिवार लाभांवित भएका छन् ।
♦ सदस्य सुरक्षा योजना
सदस्य सुरक्षा योजना भन्नाले यस साना किसान कृषि सहकारी संस्था लि.माकरका शेयर सदस्यलाई संस्थाबाट केही राहत दिने उद्देश्यले शेयर सदस्यको मृत्यु भएमा उक्त परिवारलाई दिइने क्षतिपुर्ती हो । यस अन्तर्गत सदस्यहरुलाई विभिन्न उमेर समुहमा बिभाजन गरी एक पटक विमा रकम स्वरुप प्रत्येक सदस्य बाट रु.३००० संस्थामा जम्मा गर्नुपर्ने हुन्छ ।
- संस्थाको सदस्य हुनुपर्ने
- १६ बर्ष पुरा भइ ५९ बर्ष ननाघेको हुनुपर्ने
- १ प्रती फोटो
- नागरीकता को फोटोकपी
- सदस्य सुरक्षा शुल्क ३००० ।
योजना मा पाइने क्षतिपुर्ती
- १६ देखी ३९ बर्ष सम्मका सदस्य को मृत्यु भएमा ६०,००० ।
- ४०देखी ४९ बर्ष सम्मका सदस्यको मृत्यु भएमा ५०,००० ।
- ५० बर्ष भन्दा बढीको सदस्यको मृत्यु भएमा ४०,००० ।
