हाम्रो बारेमा

संस्था बारेमा

ग्रामिण क्षेत्रमा बसोबास गर्ने कृषि वा अन्य स-साना घरेलुस्तरका सेवा व्यवसायमा आश्रित रहि अत्यन्तै न्यून आर्थिक आधारमा जीवनयापन गरिरहेका कृषकहरुबिच सामुहिक भावनाको विकास गरी उनीहरुकै इच्छा र आवश्यकता अनुसारका कार्यक्रमहरुको तर्जुमा र कार्यान्वयनमा उनीहरुको आर्थिक तथा सामाजिक सामुदायिक अवस्थाको विकास गराउन राजनैतिक पुर्वाग्रह रहित स्वशासित स्वावलम्वन र आत्मनिर्भर बन्ने भावनाबाट प्ररित भई स्थापना भएको साना किसान कृषि सहकारी सस्था लि.माकर,नवलपरासी हो ।

Vision, Mission and Objectives of SFACL Makar

Vision(परिकल्पना)

सदस्यहरुको आर्थिक,सामाजिक आवश्यकतालाई पुरा गर्दै राजनैतिक पूर्वाहग्रह रहीत स्वालम्वी स्वशासित सहकारी बनाउने ।

Mission(ध्येय)

सदस्यहरुको आर्थिक जिवनस्तर उकास्न नियमित वचत तथा ऋणको कार्यक्रम साथै कृषि सम्बन्धित कार्यक्रम संचालन गरी सदस्यहरुको आवश्यकता पुरा गर्न भेदभाव रहित नमुना सहकारी समाजको स्थापना गर्ने ।

Objective(उद्देश्य)

  • कार्यक्षेत्र भित्रका साना किसान सदस्यको विभिन्न प्रकारका वचत संकलन गरी सरल सुलभ प्रभावकारी ढंगले कृषि कर्जा ब्यवसायिक कर्जा वितरण गर्ने ।
  • साना किसानहरुलाई संगठित गरी अन्य श्रोत र रोजगारीका अवसरहरुमा बृद्दि गर्ने ।
  • साना किसानहरुको आर्थिक तथा सामाजिक स्थितीमा सुधार ल्याउने ।
  • सदस्यहरुलाई आवश्यक पर्ने विभिन्न सेवा,सुविधा उपलब्ध गराउने ।
  • सदस्य या समुहले उत्पादन गरेको वस्तुहरुको बजार व्यवस्थापन साथै विक्रि वितरण सम्वन्धि कार्य गर्ने ।

Co-operative Principles(सहकारी सात सिद्धान्त )

  • स्वेछिक् तथा खुल्ला सदस्यता (Voluntary and Open Membership)
  • सदस्यहरुबाट प्रजातान्त्रिक सहभागिता (Democratic Member Control)
  • सदस्यहरुबाट आर्थिक सहभागिता (Member Economic Participation)
  • स्वयतता र स्वतन्त्रता (Autonomy and Independence)
  • शिक्षा सूचना र तालिम (Education,Information and Technology)
  • सहकारीहरु बिच पारस्पारिक सहयोग (Co-operative Among Operation)
  • सामुदायिक चासो (Concern For Community)