♦ वार्षिक साधारणसभा
यस साना किसान कृषि सहकारी संस्था लि.माकर बदघाट न.पा. को २० औ वार्षिक साधारण सभामा संस्था का अध्यक्ष श्री पशुपति न्यौपाने को अध्यक्षतामा बर्दघाट नगर प्रमुख श्री धिरज शर्मा प्रमुख आतिथ्यता उपस्थितिमा यहि मिति २०७४ असोज २९ गते दाउन्ने पार्टी प्यालेस,बर्दघाटमा सम्पन्न भयो। उक्त कार्यक्रममा संस्थाका लेखा संयोजक श्री नारायण प्रसाद अधिकारीले लेखा समितिको प्रतिवेदन पेश गर्नुका साथै लेखा परिक्षकको प्रतिवेदन तथा कार्यक्रम संचालन संस्थाका प्रबन्धक श्री लोकनाथ भण्डारी ज्युले गर्नुभएको थियो ।
♦ तालिम कार्यक्रम
संस्थाले देशमै बसेर पनि धेरै गर्न सकिन्छ भन्ने अभिप्रायका साथ यस संस्थाका सदस्यहरुलाई देश भित्र र बाहिर विभिन्न कृषि अभिमूखी तालिमहरु प्रदान गर्दै आएको छ । संस्थाले प्रत्येक बर्ष कृषि तालिमका लागि ईजरायाल र आत्मनिर्भर बनाउने अभिप्रायका साथ समयको माग र परिस्थितीका अनुसार विभिन्न क्षेत्रका दक्ष तालिमक्रमीबाट तालिम दिदैँ आएको छ ।
♦ माटो परिक्षण कार्यक्रम
यस साना किसान कृषि सहकारी संस्थाले दक्ष परशिक्षकहरु ल्याएर किसानहरुको खेतबारीको माटोको परिक्षण गरी उक्त माटोको उरबराशक्तिको बारेमा किसानहरुलाई जानकारी दिँदै आइरहेका छन् । यो पछिल्लो कार्यक्रम निकै प्रभावकारी रहको छ ।















